बगरफाँटमा अन्धकारसँगै खानेपानीको हाहाकार

काठमाडाैं | चैत २८, २०७८

बगरफाँटमा अन्धकारसँगै खानेपानीको हाहाकार

म्याग्दीः गत शनिबार परेको असिना पानीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा विद्युत् सेवा अवरुद्ध हुँदा तीन दिनदेखि गाउँ अन्धकारमय बनेको छ भने बेनी नगरपालिका–२ बगरफाँटमा मुहान र पाइपलाइनमा क्षति पुग्दा तीन दिनदेखि खानेपानीको समस्या भएको छ ।

दग्नाममा हावाहुरीसहितको असिना पानीले विद्युत् पोलमा क्षति प¥याएपछि तीन दिनदेखि गाउँ अन्धकारमय बनेको स्थानीय गुन पुनले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत् पोल र लाइनमा क्षति पुगेकाले मर्मत कार्य जटिल हुँदा तीन दिनदेखि गाउँमा मोबाइल चार्ज गर्न, बत्ती बाल्न, कुटानी पिसानी गर्न र विद्यार्थीलाई नजिकिँदै गरेको एसइईलगायत विद्यालय तहका परीक्षाको तयारी गर्न समस्या उत्पन्न भएको छ । यसैगरी बेनी–२ बगरफाँटमा बाढीले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको छ ।

मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढीले मुहान र पाइपलाइन बगाएपछि यहाँका २०८ घर परिवारलाई खानेपानीको चरम समस्या भएको हो । गाउँमा रहेका २८ धारामा पानी नआएपछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी–२ बगरफाँटका टेकबहादुर कार्कीले बताउनुभयो ।

सो स्थानमा २१४ घरधुरी छ । विसं २०६९ मा बेनी–३ भकिम्ली र बेनी–२ ज्यामरुककोटका सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो । रु ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो । बगरफाँट खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर कार्कीका अनुसार पाइपलाइनको मर्मत कार्य भइरहेकोले अझै केही समय खानेपानीको समस्या हुने देखिएको छ ।

गाउँका पुछारमा म्याग्दी नदी र सिरानमा आप्रे, उडाइनो, मुलछहरी, कोप्रेझरनालगायत पानीका आधा दर्जन बढी स्रोत रहेका भए पनि ती पानीका स्रोतलाई व्यवस्थित गर्न नसक्दा यहाँका बासिन्दाले वर्षौँदेखि खाने पानीको समस्या झेल्दै आएका छन् ।

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ ।  सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बस...

थप पढ्नुहोस्

पोखरा:  १४ औं संस्करणको पोखरा महोत्सवमा सुरक्षामा विशेष ध्यान दिइने भएको छ ।  महोत्सवमा आउने दर्शक र महोत्सव स्थलको सुरक्षाका लागि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्...

थप पढ्नुहोस्